लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय
काठमाडौँ —सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । संक्रमण फैलिने क्रम नरोकिएकाले मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको हो ।
अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्चालन गर्ने अनुमति दिइसकेको छ ।
यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए

यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए चीनको ल्हासाका लागि महावाणिज्यदूतमा सहसचिव नवराज ढकाल (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) र हङकङका लागि महावाणिज्यदूतमा सहसचिव उदय रानामगर (गृह मन्त्रालय) लाई पठाउने मन्त्रिपरिषद्ले निर्णय बैठकले गरेको छ ।