Economy News

test

नेपालको आर्थिक परिसूचक सकारात्मक रहेको अर्थमन्त्री खतिवडाको दाबी

काठमाडौ – अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व ब्यांकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य र जनजीवनमा पारेको असर तथा संक्रमण रोकथामका प्रयासका विषयमा छलफल भएको छ ।भिडियो कन्फ्रेन्समार्फत भएको वार्तामा अर्थमन्त्री खतिवडाले आगामी दिनमा स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, साना र मझौला उद्यमको व्यवसायिक निरन्तरता तथा रोजगारी सिर्जना गर्न आर्थिक स्रोतको अभाव हुने बताए ।   खतिवडाले आर्थिक वृद्धिदर न्यून भएपनि अन्य आर्थिक परिसूचक सकारात्मक रहेको बताए । उनले प्रतिकूलताका बावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अरब भन्दा बढी रहेको, सरकारको संचित खाता ट्रेजरी घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम भएको जानकारी गराए ।

विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले बैक सँग नेपालले लिएको ऋणको परिचालन दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा प्रशंसा पनि गरेको अर्थ मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।  सेफरले नेपालजस्ता कम विकसित देशले बैकलाई तिर्नुपर्ने साँवाको किस्ता र ब्याज स्थगनको अवधि सन् २०२१ सम्म पुर्याउन पहल भइरहेको पनि जानकारी दिए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us