Economy News

test

ल्याटिन अमेरिकी बजार विस्तारका लागि ओपोद्वारा अमेरिका मोभिलसंग रणनैतिक साझेदारी

शङ्चन – ओपो र अमेरिका मोभिल ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटरले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । सम्झौतासंगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारो मार्फत उपलब्ध हुनेछन् । ल्याटिन अमेरिका साथै वैश्विक बजार विस्तारका लागि यसले ओपोको ठूलो सफलताको प्रतिनीधित्व गर्छ ।‘अमेरिका मोभिलसंग रणनैतिक साझेदारी मार्फत स्थानिय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु हाम्रालागि निकै गौरवको विषय हो । अमेरिका मोभिलसंगको यस साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ । वैश्विक बजार विकासमा यसको विशेष महत्व छ’, ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने । अमेरिका मोभिल उद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो । अमेरिका मोभिल र ओपो विचको यस सहकार्यले थप नवप्रबर्तनात्मक उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवका साथै भविष्यका थप नजिक आएको अनुभव प्रदान हुने हामीले आशा लिएका छौँ’, टेलसेल मार्केटिङका उप निर्देशक मार्कोस लिनेर्सले भने ।

महत्वपूर्ण ग्लोबल नेटवर्क अपरेटर्ससंग सहकार्य स्थापना तथा विकास, वैश्विक बजारमा ब्राण्ड प्रबर्तनका लागि ओपोको प्राथमिकतामा रहेको रणनीति हो । हालसम्म ओपोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससंग पार्टनरशिप स्थापित गरिसकेको छ । सन् २०२०देखि ओपो र नेटवर्क अपरेटर्सका विच स्थापित विभिन्न पार्टनरशिपका श्रींखलाले यूरोप र जापान जस्ता म्याच्योर्ड बजारमा महत्वपूर्ण उपलब्धिहरु हातपार्न सघाएको छ । साथै आउने १/२ बर्षमा ओपोले यूरोप, एसिया प्यासेफिक र ल्याटिन अमेरिका लगायत क्षेत्रमा थप प्रमुख वाहकहरु संग अझ बढी उपभोक्तासम्म पुग्न पार्टनरशिप स्थापनाको लक्ष्य राखेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us