Economy News

test

कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा स्वास्थ्य सामग्री वितरण

कतार च्यारिटी र इस्लामिक रिलिफले तराईका ४ र जिल्लाका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । विशेषगरी भारतबाट आएका नेपालीलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०÷२० वाट क्वारेन्टिनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजनाले जनाएको छ । परियोजनाका प्रबन्धक इर्शाद अलि शेखले च्यारिटी र इस्लामिक रिलिफले संयुक्तरुपमा सञ्चालन गरेको आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुदृढीरण कार्यक्रमअन्तर्गत ८० वटा क्वारेन्टिनमा १० वर्षसम्म टिक्ने ८० वटा शौचालय, हात धुने केन्द्र ९२ वटा, क्वारेन्टाइनमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, एक हजार महिलालाई व्यक्तिगत स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा बस्नेहरुका लागि पानी शुद्धीकरण गर्ने झोल पदार्थ, बाल्टी, जगलगायतका सामग्री समेत वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत बाँके, बर्दिया, सर्लाही र रौतहटका विभिन्न एफएम र टेलिभिजनबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने प्रचारप्रसार गरिएको थियो । तीन वर्षदेखि नेपालमा सामाजिक सेवामा कार्य गर्दै आएको कतार च्यारिटी अरब मुलुकको सबैभन्दा ठूलो गैरसरकारी संस्थाको रुपमा रहेको छ । यसले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ बताइएको छ । –––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us