Banking News

test

ईन्द्रजात्रामा सानिमा बैंकको ‘क्यूआर कोड’ योजना

काठमाडौं – ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ “ईन्द्रजात्रा क्यूआर कोड” को यात्रा” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीका लागि आवेदन दिँदा ५०० रुपैयाँ बराबरको मोबाइल टपअप उपहार स्वरुप पाउन सकिने बैंकले जनाएको छ ।यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सकिनेछ । जसका लागि https//login.fonepay.com/#/signupज मा गई आवश्यक विवरणहरु बुझाएपछि यो योजनामा सहभागी हुन सकिन्छ । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि https//login.fonepay.com/#/signup मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ ।

यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट ५०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us