प्रिमियर इन्स्योरेन्सको नाफा वृद्धि
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा गत आवको चौथो त्रैमासमा ४४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ३५ करोड ३८ लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. २४ करोड ५६ लाख नाफा कमाएको थियो । गत आवको चौथो त्रैमासमा कम्पनीको आम्दानी ३९ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ४४ करोड १५ लाख आम्दानी गरेकोमा गत आवको सोही अवधिमा बढेर रू. ६१ करोड ७३ लाख पुगेको छ ।
चुक्तापूँजी रू. १ अर्ब ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ३२ करोड ४७ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ६७ करोड २४ लाख जम्मा भएको छ । सो अवधिमा कम्पनीले कुल रू. १ अर्ब ६६ करोड बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १ अर्ब ६४ करोड बीमाशुल्क आर्जन गरेको थियो । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ६ हजार २६३ जनालाई रू. ८९ करोड १० लाख दाबी भुक्तानी गरेको छ भने ३ हजार ८७३ जनालाई रू. २ अर्ब ३१ करोड दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी(वार्षिक) रू. ३२ दशमलव ९३, मूल्य आम्दानी अनुपात १४ दशमलव ५८ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९८ दशमलव ६८ रहेको छ ।
