Economy News

test

फ्रस्ट माइक्रो फाइनान्सको वित्तीय विवरण

काठमाडौं फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्तवर्गको राष्ट्रिय स्तरको लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापना भई २०६६ साल पौष २४ गतेदेखि विधिवत कारोवार शुभारम्भ गरेको हो यस लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरू, वित्तीय मध्यस्थताको कार्य गरिरहेका गैर सरकारी संस्थाहरू तथा ग्रामीण क्षेत्रमा कार्यरत समुदायमा आधारित भएर बचत तथा ऋण प्रभाह गर्ने गरेका छन् बचत तथा ऋण, बहुउद्देश्यीय साना किसान सहकारी संस्थाहरुलाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको

यस लघुवित्त वित्तीय संस्थाका मुख्य प्रवर्द्धक शेयरधनीहरूमा ग्लोबल आइएमई बैंक लि., प्रभु बैंक लि, देवः विकास बैंक लि, आइसीएफसी फाइनान्सका साथै बैकर्सहरू, चार्टर्ड एकाउन्टेन्टहरू, उच्च तहका व्यवस्थापकहरु तथा प्रतिष्ठित व्यवसायीहरू रहेका छन् संस्थापक तथा साधारण शेयर समेत गरी नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त बैक तथा वित्तीय संस्थाहरूको यस लघुवित्त वित्तीय संस्थामा रहेको शेयर स्वामित्वको अंश करिव ४० प्रतिशत रहेको उच्च बैंकिङ्ग पेशागत पृष्ठभूमि तथा सुमधुर सम्बन्ध भएका शेयरधनीहरु तथा तिनलाई प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यहरू नै यस लघुवित्त वित्तीय संस्थाको एक सबल पक्ष रहेको

माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मर्जरमा जान मर्जर समिति गठन गरेको कम्पनीको सञ्चालक समितिको बैठकले अन्य लघुवित्त वित्तिय संस्थालाई आफुमा गाभ्न तथा प्राप्ति गर्न आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि मर्जर समिति गठन गरेको हो माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस बोनसको कर प्रयोजनका लागि नगद लाभांश समेत प्रस्ताव गरेको थियो लघुवित्त कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधधनीहरुलाई गत वर्षको मुनाफाबाट ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव गरेका साथै बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि .८९४७ प्रतिशत नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो

लघुवित्तले अघिल्लो वर्ष शेयरधनीलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ८० करोड लाख ४० हजार ७४६ रुपैयाँ पुगेको नेप्सेमा १७ प्रतिशत बोनस पश्चात लघुवित्तको प्रतिकित्ता ३२१ रुपैयाँ ३७ पैसा मूल्य निर्धारणपछि समायोजित शेयरमूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुलेको थियो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us