कोरोना कोषमा सनराइज बैंकको सहयोग
नराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ बराबरको रकम सहयोग गरेको छ ।
सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व न्र्तगत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
उक्त रकम बैंकका सञ्चालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरिन् ।सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायव महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।
