सनराइज बैंकको आकर्षक ब्याजदर
काठमाडौं । सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीसहित आकर्षक ब्याजदरमा घर तथा शेयर धितो कर्जा योजना ल्याएको छ । बैंकले घर कर्जामा ८ दशमलव ९५ र शेयर धितो कर्जामा ९ दशमलव ९५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ऋण लिन पाउने छन् । कोभिड–१९ ले मुलुकको अर्थ व्यवस्थामा परिरहेको असहज परिस्थिति हुँदा हुँदै पनि कर्जा सुविधालाई सहजीकरण गरिएको बैंकले बताएको छ ।
कर्जा लिन चाहने ग्राहकहरूले बिनाझन्झट छिटो र छरितोरूपमा कर्जा प्राप्त गर्न सक्ने बैंको भनाइ छ । देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका जुनसुकै शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
