Economy News

test

‘मेरो सेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट, क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति

सेयर कारोबार गर्ने तथा आइ पिओमा लगानी गर्ने लगानी कर्ताले‘मेरो सेयर’ एकाउन्टन विकरणको भुक्ती इसेवा बाट गर्न सक्ने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एकाउन्ट नविकरण पनि अनलाइन बाटै गर्न सकिने सेवा दिएको हो । यो सँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यता बाट लगानी कर्तालाई मुक्ति मिलेको छ ।लगानी कर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नविकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताउनुभयो ।इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् । 
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवा बाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानीगर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us