Economy News

test

एनसेल पब्लिक कम्पनी

काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेल अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको कम्पनीले जानकारी दिएको छ। हालसम्म प्राइभेट कम्पनीका रूपमा एनसेल अजियाटा अबदेखि सार्वजनिक कम्पनी भएको हो। सार्वजनिक कम्पनी भएसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ।

कम्पनी ऐनमा भएको पछिल्लो व्यवस्थाअनुसार ५ करोड बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था गरेको छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ। सोहीअनुसार एनसेल अजियाटाले २०७५ सालमै पब्लिकमा जानका लागि आवेदन दिएको थियो। यद्यपी कर विवादको कारण देखाउँदै सरकारले उक्त प्रक्रिया रोकिदिएको थियो। लाभकर विवाद साम्य भएसँगै एनसेल सार्वजनिक कम्पनीका रूपमा दर्ता भएको छ। यसका मुख्य लगानीकर्ता मलेसियन कम्पनी अजियाटासँग ८० प्रतिशत स्वामित्व छ भने स्थानीय साझेदारका रूपमा भावना सिंह श्रेष्ठसँग २० प्रतिशत छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us