Banking News

test

एनएमबी ओम्निच्यानल–नेपालमा डिजीटल बैंकिङ्ग पुनः परिभाषित गर्ने सम्वाहक

काठमाडौं – एनएमबी बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा “एनएमबी ओम्निच्यानल” प्रस्तुत गरेको छ । ‘साचै डिजिटल बैंकिङ्ग अनुभव’ मुल मन्त्र सहित ओम्निच्यानल डिजाईन गरि बैंकिङ्ग क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।

एनएमबी ओम्निच्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् । केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न÷बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परिक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिन्छ । सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दे लगिनेछ । ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको eNMB मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्नेछन् ।

‘एनएमबी ओम्निच्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको सीमितता भन्दा माथी उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनाहरु सहित मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्छन । हामी खुशी छौं कि यस कोभिडको परिवेशको बीचमा पनि एनएमबि ओम्निच्यानलले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ्ग कारोवारको निरञ्तरताको चाहना सहजै पुरा गराउँदैछ । “एनएमबी ओम्निच्यानल एक शुरु देखि अन्त्यसम्मको प्रक्रिया हो जसले सवै प्रकारको म्यानुअल कामलाइृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजविहीन बैंकिङ्ग सुनिश्चित गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us