एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि एकीकृत कारोवारको शुभारम्भ
काठमाडौं – एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरको छ । यस प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु.१४.४५ अर्र्व तथा जगेडा कोषको आकार रु ७.३५ अर्वमा बृद्घि भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड÷मुख्य कार्यालय साविक कै बबरमहल काठमाडौंमा रहेको छ ।
एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड चिनारी समेत बलियो रुपमा स्थापति हुनेछ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्धत गर्नेछ ।
यस एनएमबि बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V. एफ.एम.ओ., कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफ.एम.ओ. निदरलैण्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको Standard & Poor’s तथा Fitch जस्ता संस्थाहरुले AAA रेटिङ्ग गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय बिकास बैंक हो । एफ.एम. ओ. सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु¥याएको छ । यस बैंक बैंक अफ द ईयर – २०१७ र बैंक अफ द इयर- २०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो ।
कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदानगर्दै आईरहेको छ ।
