Banking News

test

एनएमबि बैंकको ऋणपत्र सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत एनएमबि बैंकको ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को सूचीकरण खारेज भएको छ । भदौ ५ गते परिपक्क भएसँगै नेप्सेले उक्त ऋणपत्रको सूचीकरण खारेज गर्ने निर्णय भदौ ७ गते गरेको हो । एनएमबि बैंकले २०७१ सालमा प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरको ५० करोड रूपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गरी धितोपत्र बजारमा सूचीकृत गराएको थियो ।

बैंकले परिपक्क ऋणपत्रको साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि सुरु गरेको छ । बैंकले सुचना जारी गरी ऋणपत्रधनीहरुले साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जाको सक्कल प्रति साथै आफ्नो परिचय खुल्ने आधिकारीक परिचयपत्रको सक्कल प्रत्रि अनिवार्य रुपमा पेश गर्न अनुरोध गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us