Banking News

test

एनएमबि बैंक र सिजी डिजीटलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ – एनएमबि बैंक लिमिटेड र सिजी डिजीटलबीच ०% EMI मा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग श्री रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख–वित्त श्री मुकेश खातोरले हस्ताक्षर गर्नुभयो ।यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट÷क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८००  सम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us