Banking News

test

एटीएम प्रयोगमा आउनसक्ने समस्या सम्वोधनगर्न अव सम्बन्धित ब्यक्तिको फोन नम्वर टाँस्नुपर्ने

काठमाडौं-एटीएम कारोबार सम्बन्धमा तत्काल कुनै जानकारी र सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रस्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै जारी गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा उक्त कुरा उल्लेख छ ।

यस्तै एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा ग्राहकबाट शुल्क लिन नपाइने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै जारी गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा उक्त कुरा उल्लेख छ । ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ ।

यो नयाँ व्यवस्था भने होइन । कोभिड–१९ को जोखिमबाट बच्न गत चैतमा सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार निस्शुल्क गरेका थिए । सरकारले लकडाउन खुकुलो बनाएको भन्दै गत साउनदेखि बैंक तथा वित्तीय संस्थाले उक्त कारोबारमा शुल्क लिन थाले । तर, साउन २ गते सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले कोभिड–१९ को असर रहँदासम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था ल्यायो । ‘बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआबद्धता हुने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘कोभिड १९ को असर रहेसम्म एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ ।’

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us