नयाँ स्कोडा र्यापिड टीएसआई नेपालमा
काठमाडौँ – नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’सहितको नयाँ र्यापिड टीएसआई आकर्षक मूल्यमा नेपालमा सार्वजनिक गरेको छ। नयाँ स्कोडा र्यापिड अघिल्लो पुस्ताको ¥यापिडभन्दा पाँच लाख रुपैयाँ कम अर्थात् ३४ लाख ९० हजार रुपैयाँमा खरिद गर्न पाइने कम्पनीले जनाएको छ।
नयाँ स्कोडा र्यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो। नयाँ पेट्रोल टीएसआईले ११० पीएस ९८१ किलोवाट पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट–इन–क्लास’ हुन्। नयाँ र्यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ जुन १८.९७ किलोमिटर प्रति लिटर हो। त्यसैगरी, नयाँ र्यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको छ।
