दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको सर्वविदितै छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो । यसलाई निरन्तरता दिदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन ९द्दलम ल्च्ल् न्यिदब िप्लयधभिमनभ ऋयलखभलतष्यल० २०२० अक्टोबर ९ देखि ११ सम्म ९असोज २३–२५० आयोजना हुने छ ।
विश्व यतिबेला कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ । विश्व अर्थतन्त्र धरासायी बनेको छ भने लाखौँ मानिस रोजगारविमुख भएका छन् । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय, पर्यटनलगायत सबै ठप्पप्रायः छन् । कोरोनाका कारण हजारौँ श्रमिक नेपाली स्वदेश फर्किएका छन्, उनीको व्यवस्थापन र उद्यमशीलताको विकास अहिलेको ठूलो चुनौती हो । अतस् यस सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुनेछ । साथै सम्मेलन संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका दुई सय भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनको निष्कर्षको श्वेतपत्र यसअघि जस्तै सरकारलाई बुझाउने छौँ ।
सम्मेलनको संयोजक डा। हेम राज शर्मा ९ महासचिव एनआरएनए ० र सहसंयोजक डा। हरि प्रसाद दाहाल ९एनआरएनए आइसीसी सदस्य ० रहेका छन् । सम्मेलन आयोजनाका लागि विभिन्न सल्लाहकार सम्मिलित समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा डा। अम्बिका अधिकारी,९एरिजोना अमेरिका०, नीति अनुसन्धान संस्थान नेपालका कार्यकारी प्रमुख डा। विष्णु उप्रेती, प्रोफेसर डेबिड जेलनर ९युर्निभसिर्टी अफ अक्फोर्ड, यूके ०, डा। धर्मकान्त बास्कोटा ९त्रिभुवन विश्वविद्यालयका उप कुलपति०, डा। द्रोण रसाइली ९ब्रिटिश कोलम्बिया, प्रोभेन्सियल हेल्थ सर्भिसेज् अर्थोरिटी, क्यानडा ०, गणेश शाह, पूर्व वातावरण विज्ञान तथा प्रविधि मन्त्री नेपाल ०, प्रोफेसर गणेशमान गुरुङ ९ कुलपति गण्डकी विश्वविद्यालय नेपाल०, प्रोफेसर जोना पयाफ् सार्नेक्का ९बीलेफेल्ड युर्निभसिर्टी जर्मनी ०, महाबीर पुन ९कार्यकारी प्रमुख राष्ट्रिय अविष्कार केन्द्र० प्रोफेसर माइकल हर्ट् ९लण्डन विश्वविद्यालय यूके०, नरेश कोइराला९ नेपाल लाब्रेरी फाउण्डेशन, क्यानडा०, डा। प्रमोद ढकाल ९एनआरएनए एकेडेमी नेपाल०, डा। पुरु श्रेष्ठ ९कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ अमेरिका ०, प्रोफेसर पुष्पराज कँडेल ९ उपाध्यक्ष, राष्ट्रिय योजना आयोग० डा। राजु अधिकारी ९रोयल मेलवर्न इन्टिच्यूट अफ टेक्लोलोजी युर्निभसिर्टी, अष्ट्रेलिया०, प्रोफेसर रामकण्ठ माकाजू ९उप कुलपति, काठमाडौं युर्निभर्सिटी नेपाल०, डा। सन्दुक रुइत ९सह संस्थापक, हिमालयन क्याटर्याक्ट प्रोजेक्ट, नेपाल० डा। सञ्जय शर्मा ९ सचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय०, प्रोफेसर शोभाकर ढकाल ९एसिन इस्टिच्यूट अफ टेक्नोलोजी, थाइल्याण्ड० डा। सुनिल बाबु श्रेष्ठ, उपकुलपति, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी०, डा। स्वर्णिम वाग्ले९ कार्यकारी प्रमुख, इन्टिच्यूट फर इन्टिग्रटेट, डेभलप्मेन्ट स्टडिज० डा। उषा झा ९सदस्य, राष्ट्रिय योजना आयोग० रहेका छन् ।
सम्मेलनमा डा। विश्व पौडेल र रञ्जित महतोको संयोजनमा ‘कोभिड १९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी, डा। द्रोण रसाइली र डा। पुरु श्रेष्ठको संयोजनमा ‘प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टरु तथा डा। राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन’विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै, डा। जगदीश तिमल्सिनाको संयोजनमा ‘एग्रिकल्चर एण्ड फुड सेक्युरिटी’, डा। देवी बस्नेतको संयोजनमा ‘वायोमेडिकल टेक्नोलोजिस, रञ्जित महतो र अनलराज भट्टराईको संयोजनमा ‘फिनान्सियल इन्भेष्टमेण्ट’, डा। ज्ञानेन्द्रप्रसाद जोशी र लोकराज शर्माको संयोजनमा ‘लिभिराजिङ फिनटेक फर इकोनोमिक ट्रान्सफरमेशन’, डा। ज्ञानेन्द्रप्रसाद जोशीको संयोजनमा ‘इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी’, डा। राजु अधिकारी र डा। रामेश्वर अधिकारीको संयोजनमा ‘इनोभेसन एण्ड स्टारटप्स, डा। तारा सिग्देल र डा। नारायण अधिकारीको संयोजनमा ‘इन्टरसेक्सन इन नेचुरल साइन्सेज’ तथा डा द्रोण रसाइली र डा। अर्चना अमात्यको संयोजनमा ‘लाइफ एण्ड हेल्थ साइन्सेज’ शीर्षकमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
साथै रतन झाको संयोजनमा ‘फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा। सञ्जिव सापकोटाको संयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा। कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज, डा। विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’ डा गोपी उप्रेती र डा। पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट, डा।अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वान डेभलपमेन्ट’ तथा डा। उत्तम गौली र डा। उमा प्रधानको संयोजनमा ‘भोकेशनल एजुकेशन शीर्षकमा आफ्ना अवधारणापत्र प्रस्तुत गर्नेछन् । कान्तिपुर दैनिकबाट साभार
