Economy News

test

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँट भएको आईपीओ बाँडफाँटबाट ९७ हजार ३४४ जनाको हात खाली भएको कम्पनीको आईपीओमा आवेदन गर्ने लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले सेयर पाएनन् उनीहरूको हात खाली भएको

आईपीओमा कुल लाख १७ हजार ९५८ जना आवेदकबाट अर्ब ५३ करोड रुपैयाँ बराबरको आइपीओ खरिदको लागि आवेदन परेको थियो करिब ३४ करोड रुपैयाँ बराबर मूल्यको आईपीओ आज (साउन २७ गते) मंगलबार बाँडफाँट गरिएको हो सानिमा क्यापिटलले बाँडफाँट गरेको हो

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो सोमध्ये प्रतिशत अर्थात लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको भने प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो

कोरोनाले पर्यटन बोर्डको बजेट खुम्चियो

काठमाडौं कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७÷७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन गरेको छ । बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्ययन÷अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको हो ।

कोभिड–१९ महामारीका कारण पर्याप्त स्रोतको अभावमा यसपटकको बजेट घट्न गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेलाई मुस्किलले रु ८२ करोड विनियोजन गरिएको छ । यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिन्छ, कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्छन् ।” प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले यस पटकको बजेटमा अध्ययन, अनुसन्धान र डिजिटल मार्केटिङलाई दृष्टिगत गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवकोे बजेट रु एक अर्ब ६३ करोड थियो । कोभिड–१९ महामारीका कारण पर्यटक आवागमन ठप्प भई आम्दानीको स्रोतको अभावमा बोर्डको बजेटमा भारी कटौती भएको छ । विदेशी पर्यटक आगमनबाट हुने आम्दानी नै बोर्डको मुख्य आर्थिक स्रोत रहेको छ । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ह्वात्तै घटाइएको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पूर्वाधार विकासमा बजेट छुट्याएको छैन । नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ ।

यस पटकको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि विशेष जोड दिएकाले कोभिडपछिको पर्यटनलाई रिभाइवमा सहयोग पुग्ने विश्वास लिइएको छ । बोर्डले गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनाको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब गुमाएको छ । यस क्षेत्रमा आबद्ध लाखौँ मजदूर तथा कर्मचारीले रोजगारी गुमाउनु परेको छ । पर्यटकीय गतिविधि सम्पूर्ण बन्द भएको तथा बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले आगामी वर्षको बजेटको आकार सानो भएको बोर्डका सञ्चालक समिति सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले बताउनुभयो ।

बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फी (टिएसएफ) बाट आउने रकम हो । अहिले पर्यटक आगमन बन्द हुँदा यी दुवै आय प्रभावित भएका छन् । स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको संयोजक दासले बताउनुभयो । पर्यटन बोर्डले कोरोनापछि सन् २०२० मा करीब दुई लाख पर्यटक आगमन हुने अपेक्षासहित करीब रु २४ करोड त्यसबाट आम्दानी हुने प्रक्षेपण गरेको छ । यस्तै बोर्ड र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयुक्त खातामा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापतको रु १५ करोड, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने रु छ करोड एअर एसियाबाट प्राप्त हुनुपर्ने रु पाँच करोड, युएनडिपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको बोर्ड सदस्य दासले बताउनुभयो ।

पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सिर्जना गर्नेलगायत कार्यक्रम बजेटले समेटेको छ । यसका लागि टिम्सअन्तर्गतको कल्याणकारी कोषको करीब रु दुई करोड रकमबाट पर्यटन, श्रमिकलाई व्याज अनुदान दिइने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल तथा अनलाइन प्रचारप्रसार जस्ता कार्य गरिने जनाइएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

–––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us