एशियन लाईफ द्वारा फफ्युचर होम नेपाल चिन्ड्रेन सेन्टर लाई खाद्यान्न हस्तान्तरण
काठमाडौं – एशियन लाईफ इन्सुरेन्सको सहयोगमा भक्तपुरको मनोहरामा रहेको फ्युचर होम नेपाल चिन्ड्रेन सेन्टर अनाथ बालगृहलाई एक कार्यक्रममा बिच आज खाद्यान्न हस्तान्तरण गरेका छ । कोभिडको महामारीको समयमा बिभिन्न माध्यमले बेसहारा, टुहुरा भएका बालबालिकाको सँरक्षण गर्दै आएको उक्त चिल्ड्रेन सेन्टरमा रहेका बालबालिकाहरुलाई केही टेवा पुग्ने उदेश्यले उक्त सामाग्री बितरण गरिएको भक्तपुर शाखाका प्रबन्धक जगत बि.क ले जानकारी दिनु भयो ।एसियन लाईफ इनसुरेन्स कम्पनी लिमिटेड बागमति प्रदेश प्रमुख तथा कम्पनीका सहायक महा-प्रबन्धक लोकराज जोशी, कम्पनीको भक्तपुर शाखाका प्रबन्धक जगत बि.क, कम्पनीका बरिष्ठ बि.एम. भिम कुँवरको बिशेष पहलमा उक्त सेन्टर मै गएर बालगृहकी सञ्चालिका सीता सिवाकोटीलाई (दाल, चामल,नुन,तेल बिस्कुट, सेनिटाइजर र माक्स) लगायतका खाद्यात्र सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।यस्तो पुण्य काममा सहयोग गर्ने र यो काममा मलाई पनि समाबेश गर्ने एसियन लाईफ इन्सुरेन्स्लाई विशेष धन्यबाद दिनुभयो । यो बेला कोरोनाले भन्दा खाद्यान्न अभावले देशभर अभावमा परेका लाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो । साथै सो खाद्यान्न हस्तान्तरण कार्यक्रममा चर्चित देउडा गाईका रेखा जोशिको पनि सहभागिता रहेको थियो ।
