Economy News

test

सुरक्षित भएर न्युनतम सेवा दिन बीमा समितिको निर्देशन

काठमाडौँ – बीमा समितिले इजाजतप्राप्त सबै बीमा कम्पनीहरुलाई सजग र सुरक्षित भएर न्युनतम सेवा दिन निर्देशन दिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण बढ्दै गएकोले बीमा कम्पनीमा कार्यरत कर्मचारी तथा सेवाग्राहीहरुमा संक्रमणको उच्च जोखिम देखिएकोले सजग र सुरक्षित रहेर न्युनतम सेवा दिन निर्देशन दिएको हो ।

समितिले कुनै पनि प्रकारका व्यक्तिगत भेटघाट, बैठक, समिक्षा, गोष्ठि, सेमिनार, छलफल, तालिम, भेला जस्ता सामुहिक जमघट हुने कार्यक्रम नर्गेन तथा सम्भव भएसम्म यस्ता कार्यक्रमहरु विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलायउन दिर्नेशन दिएको छ । यस्तै समितिले सबै कम्पनीहरुलाई कोभिड–१९ संक्रमणको जोखिम सुरक्षार्थ आवश्यक पर्ने सम्पुर्ण आधारभूत स्वास्थ्य सामग्रीहरु कार्यस्थलमा अनिवर्या उपलब्ध हुने व्यवस्था पनि भनेको छ ।

बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीमा कोभिड १९ संक्रमण देखिएमा संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका अन्य कर्मचारीको समेत पिसिआर परिक्षण गर्ने खर्च कम्पनीले व्यहोर्ने गरी परिक्षण गराउन निर्देशन दिएको छ । स्वाब संकलन भएपछि आईशोलेशन वा क्वारेन्टिनमा रहेका कर्मचारीले पुरै तलव पाउने गरी अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us