Banking News

test

एभरेष्ट बैंकको नाफा २४९ करोड

काठमाडौं । एभरेष्ट बैंकले कोरोना महामारीलाई छिचोल्दै गत वर्ष दुई अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी यो नाफा बैंकले आर्थिक वर्ष २०७५/७६ मा गरेको भन्दा ५६ करोडले कम अर्थात १८.३६ प्रतिशतले घटेको हो । बैंकले सो आवमा तीन अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा एक खर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले २०७५/७५ मा निक्षेप एक खर्ब २९ अर्ब र कर्जा लगानी एक खर्ब ४ अर्ब कायम गरेको थियो ।

एभरेष्टको खुद ब्याज आम्दानी पाँच अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ जबकी आव २०७५/७६ मा त्यस्तो आम्दानी ५ अर्ब ६९ करोड रुपैयाँ थियो । ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको प्रति सेयर आम्दानी ३१.१५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१९.८४ रुपैयाँ रहेको छ ।

एभरेष्टको स्प्रेड दर ३.५९ प्रतिशत छ भने आधार ब्याजदर ८.०५ प्रतिशत छ । सीडी रेसियो ६८.५७ प्रतिशत रहँदा कस्ट अफ फण्ड ६.११ प्रतिशत छ । बैंकको खराब कर्जा भने ०.२२ प्रतिशत कायम छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us