Banking News

test

सिप्रदी र एन आई सी एसिया बैङ्बीच ६ महिनासम्म बिना किस्ता सवारी कर्जा उपलब्ध सम्झौता

काठमाडौं – टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र एन आई सी एसिया बैंक बिच सवारी कर्जा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट श्री सौरभ राज थपलिया ज्यु तथा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी ज्युले हस्ताक्षर गर्नुभयो । यस सम्झौता अन्तर्गत अब टाटा गाडिका खरीदकर्ताहरुले पहिलो ४ देखि ६ महिना सम्मको किस्ता वापतको रकम नतिर्नु पर्ने भएको छ, भने पहिलो वर्षको वार्षिक व्याजदर परिवर्तन हुने छैन । साथै मात्र ८।२५५ वार्षिक व्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यस कर्जाको अवधि ८ वर्षसम्मको हुनेछ ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट उपलब्ध हुनेछ । यी अतुलनिय सेवा सुविधा टाटा मोटर्सका अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरुमा उपलब्ध रहेका छन । आफ्ना ग्राहक महानुभावहरुको सुविधाका लागि कम्पनीले यसप्रकारको विशेष किस्ता प्याकेज १ वर्षसम्म उपलब्ध गराउने छ । साथै यो योजना स्टक रहुन्जेल सम्म मात्र लागु हुनेछ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us