Banking News

test

एन आई सी एशिया बैंकको क्युआर रिफर एण्ड अर्न अफर योजना

काठमाडौं – एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस बैंकका क्युआर मर्चेन्ट तथा ग्राहक महानुभावहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ुने बैंकले जनाएको छ । यस योजनामा बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्युआर मा आबद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहक महानुभावहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछ ।

साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी त्तच् मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ । स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्युआर पेमेन्टबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको जनाएको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै उक्त बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजार भन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । यस बाहेक बैंकले हाल प्रत्येक हप्ता ‘ह्याप्पी आवर’ योजना सफलतापूर्वक सञ्चालन गरिरहेको छ । जसमार्फत प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म ग्राहकहरूले मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा थप ५ प्रतिशत रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी ‘सुपर सिक्स योजना’ मार्फत ग्राहक महानुभापहरूले भाद्र २७ गतेसम्म मोबाइल बैंकिङ्गबाट हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछ । बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us