Economy News

test

यसरी सुनाए अर्थमन्त्री खतिवडाले ७ क्षेत्रका ४५ उपलब्धि

काठमाडौँ —अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिनुअघि शुक्रबार मन्त्रिपरिषद् बैठकमा ७ क्षेत्रका ४५ उपलब्धि सुनाए । मन्त्रिपरिषद् स्रोतबाट प्राप्त उनको वक्तव्यमा ‘अर्थमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका अधिकांश पक्ष कमजोर स्थितिमा रहेको’ उल्लेख छ ।

आयातमा आधारित राजस्व, विप्रेषणमा आधारित उपभोग चक्र, अनौपचारिक अर्थतन्त्रले राजस्वको दायरा संकुचित, बजेट प्रणाली र वित्तीय अनुशासनमा कमजोरी, मुलुकले धान्नै नसक्ने व्यापार घाटा, विदेशी मुद्रा सिञ्चितिमा चाप, शोधनान्तर स्थिति घाटा, निजी लगानीको वातावरण असहज, विकास सहायता र वैदेशिक परिचालनमा चुनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको उनको दाबी छ । यी क्षेत्रमा आफ्नो २ वर्ष ६ महिनाको कार्यकालमा सुधार भएको विवरण उनले मन्त्रिपरिषद् बैठकमा पढेर सुनाएका थिए ।

समष्टिगत आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, राजस्व प्रणाली, बजेट प्रणाली, विकास सहायता परिचालन, कानुन निर्माण र कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणसहित सात शीर्षकका उपलब्धिबारे उनले चर्चा गरेका हुन् । अर्थतन्त्रमा देखिएका समस्याग्रस्त विषयमा भने उनले विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणलाई दोष दिएका छन् । उनले भोकमरी अन्त्यदेखि दैनिक ५ किलोमिटर कालोपत्रसम्म गरेका विवरण राखी उपलब्धी भन्दै पेश गरेका हुन् ।

काम गरिरहँदा सबै कुरा नमिलेको तर त्यसलाई राष्ट्रिय हितका दृष्टिकोणले हेरिदिन उनको अनुरोध थियो । ‘राष्ट्रिय दृष्टिकोणले गर्नुपर्ने कुरा व्यक्तिको हितमा नहुन सक्छन् । आफ्नो ब्यक्तिगत हितमा केही नगरी बृहत्तर राष्ट्रिय हितका कुरा गरिरहँदा कसैलाई चित्त दुखेको रहेछ भने तपाईंहरूले बुझिदिनुपर्छ,’ उनले भने, ‘किनभने मैले व्यक्तिगत अभीष्टका लागि केही गरिनँ, गरेको पनि छैन । यो मेरो निष्ठा हो । मेरो निष्ठा, ज्ञान र अनुभवले मैले यहाँसम्मको जिम्मेवारी पाएको हुँ ।’ सरकार बाहिर रहेर पनि त्यसलाई निर्वाह गर्ने उनले पत्रकार सम्मेलनमा बताए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us