Economy News

test

बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

काठमाडौं बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सोमबार लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । मञ्चको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्तबहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजङ्ग लामिछाने रहनुभएको छ । महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहनुभएको छ । मञ्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी हुनुहुन्छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा राजदूत डा सुवेदीले आर्थिक विकासका लागि नेपाल सरकारले लगानीमैत्री नीति कार्यान्वयन गरिरहेको भन्दै युके–नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गर्नुभयो । समारोहमा मञ्चका नवनिर्वाचित अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पु¥याउन प्रतिबद्ध रहने बताउनुभयो । उहाँले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्दै नवगठित मञ्चद्वारा नेपालका व्यवसायीको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानीसम्बन्धी नीति तथा कार्यक्रम बेलायतका व्यवसायी र लगानीकर्तासम्म पु¥याउने काममा मञ्च प्रयत्नशील रहने बताउनुभयो । युके–नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेस्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम आयोजना गर्ने सोच रहेको उल्लेख गरेको छ । –––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us