Economy News

test

बिजुलीका ग्राहक ४२ प्रतिशतले बढे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत देशभरमा ८६ दशमलव ४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, लघुजलविद्युत् लगायतमार्फत् पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङअनुसार अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ ।

 

आव २०७२/७३ मा ६२ दशमलव १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो । पछिल्लो चार वर्षमिा मात्रै २३ दशमलव २८ प्रतिशतले विद्युत्को पहुँचमा वृद्धि भई अहिले ८६ दशमलव ४४ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ‘आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत्को पहँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाएका छौ, यसका लागि बजेटको व्यवस्था भइसकेको छ ।’ एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दैछ ।’ घिसिङले भन्नुभयो ।
सन् २०२२ भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र चार वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपतलाई ७०० युनिट पु¥याउने सरकारको लक्ष्य छ ।

 

हाल प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट रहेको छ । कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण प्रणालीबाट ३० दशमलव ५७ र अफ ग्रिडबाट ४ दशमलव १७ प्रतिशत विद्युतीकरण भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुगेको छैन । प्राधिकरणले ती जिल्लामा लघुजलविद्युत्मार्फत विद्युत् आपूर्ति गरिरहेको छ ।
त्यस्तै प्रदेश २ का ८ जिल्लामध्ये सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । साथै बागमती प्रदेशमा ९४ दशमलव ४४ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर र नुवाकोटमा पूर्ण विद्युतीकरण भएको छ भने सिन्धुलीमा सबैभन्दा कम ६९ दशमलव ५१ प्रतिशतमात्रै विद्युतीकरण भएको छ ।

 

प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा ९२ दशमलव ७९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा र पर्वतमा पूर्ण विद्युतीकरण भएको छ भने मनाङमा सबैभन्दा कम ६४ प्रतिशतमात्रै विद्युतीकरण भएको छ । लमजुङ, तनहुँ, कास्की, म्याग्दी र बाग्लुङमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । यसैगरी प्रदेश ५ मा ९१ प्रतिशत विद्युतीकरण भएको छ । यसप्रदेश अन्तर्गत रहेका १२ जिल्लामध्ये नवलपरासी, कपिलवस्तु र बर्दियामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ भने गुल्मी, अर्घाखा“ची र रुपन्देहीमा ९५ प्रतिशभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम ११ दशमलव २५ प्रतिशतमात्रै विद्युतीकरण भएको छ ।

 

प्रदेश १ मा ८२ दशमलव ४३ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी धनकुटामा ९७ प्रतिशत र सबैभन्दा कम सोलुखुम्बुमा १३ दशमलव ५५ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ र सुनसरीमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । सुदूरपश्चिम प्रदेशमा ६४ दशमलव ६९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशमा पर्ने ९ जिल्लामध्ये सबैभन्दा बढी कञ्चनपुरमा ९२ दशमलव ७९ प्रतिशत र कम बझाङमा १० दशमलव २१ प्रतिशतमात्रै विद्युतीकरण भएको छ ।

 

गत आर्थिक वर्ष २०७६/०७७ सम्ममा प्राधिकरणका विद्युत् ग्राहक संख्या करिब ४२ लाख पुगेको छ । यो विगत ४ वर्ष अगाडिको तुलनामा करिब ४२ प्रतिशतले बढी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । सामुदायिक र बुटवल पावर कम्पनीको समेत गर्दा विद्युत्का कूल ग्राहक संख्या ४८ लाख पुगेको छ । ग्रिड पु¥याउन सम्भव नहुने स्थानमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ ।

दृष्टिकोण

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us