बेनेली मोटरसाईकलको शोरुम बनेपामा पनि
काठमाडौँ – बेनेली मोटरसाईकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेसनल प्रा. लि.ले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेको कम्पनीले जनाएकाे छ ।
प गियर इन्टरनेसनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुर्याउँनेछ । कम्पनीको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ । बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धकको अनुसार यी पाँच मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
TNT15(150CC) at Rs. 2,30,000
TNT150i(150cc) at Rs. 3,15,000
BN251(250cc) at Rs. 5,20,000
4.LEONCINO 250 at Rs. 6,30,000
TRK251 at Rs. 6,30,000
