Economy News

test

चार सय घरमा बिजुली बल्दै

रुकुम मुसीकोट नगरपालिका वडा नं का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन् केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउनका लागि हाल तार विस्तारलगायतका काम धमाधम भइरहेका छन् अबको दुई साताभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको वडा नं का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताउनुभयो

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमार्फत वडा नं का खालबोट, चौतारा, ग्याम्माखोला, जग्देछरा च्यारनेटा तथा वडा नं का खावाङखानी, क्वाम्मा खोला, उदिन ढुङ्गा, सल्लेधारा, घट्टेखोला तिर्सिङ टोलमा विद्युत् पुग्दैछ यसअघि यी टोलका नागरिकले स्थानीय पातलखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिइरहेका थिए १८ किलोवाट क्षमताको उक्त आयोजनामा पटकपटक खराबी आउँदा समितिले सञ्चालन गर्न नसक्ने भएपछि यी टोलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष बुढाको भनाइ उहाँका अनुसार यसअघि नै गाडिएका पोलमा तार विस्तारको काम भइरहेको प्रत्येक घरमा वायरिङको कामसमेत सकिएको मिटर आउँन बाँकी रहेकाले मिटर आउने वित्तिकै सबै घरमा बत्ती बल्ने उहाँको भनाइ

नगरपालिकाकै सबैभन्दा विकट वडाका रुपमा रहेको वडा नं मा गत माग २९ गते केन्द्रीय प्रसारण लाइनको बत्ती बलेको थियो वडा नं मा भने पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बत्ती पुग्न लागेको हो यसअघि वडाका ३५० देखि ४०० घरपरिवारले ३९ किलोवाट क्षमताको स्थानीय साँखखोला लघुजलविद्युत् आयोजनाबाट सेवा लिँदै आइरहेका छन् बाँकी रहेका घरधुरीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न लागेको वडा नं का सदस्य तोकबहादुर खत्रीले जानकारी दिनुभयो दुई वडाका ४०० बढी घरमा बिजुली बल्न लागेको उहाँले बताउनुभयो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us