Banking News

test

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट

काठमाडौ -नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो ‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैन्ँन् ।

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजना समेत बनाएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल स्तरिय सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रीत रहेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us