नबिल बैंकको डेपुटी सीईओ शाक्य र रेग्मी
काठमाडौं – नबिल बैंक लिमिटेडमा आन्तरिक र बाहिरबाट गरी दुईजना डेपुटी सीईओ नियुक्त गरिएको छ। बैंकमा आन्तरिक रुपमा विनय रेग्मी र बाहिरबाट सुजित शाक्यलाई डेपुटी सीईओ नियुक्त गरिएको हो। जनता बैंकलाई मर्जर गरेपछि ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओ रहेका शाक्य नबिल बैंकले डेपुटी सीईओकै रुपमा नियुक्त हुनुभएको हो।
ग्लोबल आईएमई बैंकमा मर्ज हुनुअघिको जनता बैंकमा पनि शाक्य डेपुटी सीईओ नै हुनुहन्थो। यसैगरी बैंकले आन्तरिक बढुवा गर्दै रेग्मीलाई डेपुटी सीईओ नियुक्त गरेको छ। रेग्मी यसअघि बैंकले हालै सुरु गरेको ‘डिजी बैंक’ का प्रमुख हुनुभएको थियो । नबिल बैंकबाट केही समयअघि डेपुटी सीईओ अनिल खनालले अवकाश पाए पछि। त्यसपछि यो पद खाली थियो।
