नेप्सेमा ४ करोड बढी शेयर थपियाे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार ४ करोड ७२ लाख २६ हजार ७०३ दशमलव ६८ कित्ता शेयर थपिएको छ । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएसँगै नेप्सेमा उक्त कित्ता शेयर थप भएको हो ।
यो शेयर भदौ ११ गतेदेखि कारोबारयोग्य हुनेछ । यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् । बैंकलेरू. ७८ करोड ७१ लाख ११ हजार चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर वितरण गरेको हो । बैंकले गत असार २१ गते १२ औं वार्षिक साधारण सभामार्फत यो बोनस शेयर पारित गरेको थियो ।
