शेयर बजारमा सामान्य गिरावट
काठमाडौं – आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.६१ अंकले घटेर एक हजार ४२३.८१ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.३८ अंकले घटेर २९७.२७ मा पुगेको छ ।
कूल १९० वटा कम्पनीकाे ३६ लाख ३० हजार ८ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९ सय १४ रुपैयाँको कारोबार भएकाे छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र बढेकाे छ ।
