Banking News

test

खरिद–बिक्री खाता प्रमाणीकरण पुससम्म

आन्तरिक राजस्व विभागले करदाताको खाता अर्थात खरिद तथा बिक्री खाता प्रमाणित गर्ने म्याद थप गरेको छ । विभागले सूचना जारी गर्दै चालू आर्थिक वर्षमा द्विमासिक तथा चौमासिक कर बुझाउने करदातको खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्मका लागि थप गरेको हो । मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरूले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १६ (३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनुपर्ने कानूनी प्रावधान रहेको छ ।

जसअनुसार मासिक कर विवरण पेश गर्ने करदाताले साउन महिनाभित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदाताले कात्तिक महिनाभित्र खाता प्रमाणित गराइसक्नु पर्छ ।

 

विभागले हरेक वर्ष राजस्व कार्यालयलाई यहि प्रावधानअनुसार परिपत्र गर्ने गरेको भएपनि विश्वव्यापी फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी म्याद थपिएको विभागका महानिर्देशक विनोद कुँवरले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७७-०७८ का लागि मासिक, द्विमासिक, चौमासिक कर विवरण बुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको छ ।

यसअघि विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई साउन महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कात्तिक महिनाभित्र खाता प्रमाणित गराउनु पर्ने गरी परिपत्र गरिएको थियो । चालू आर्थिक बर्षमा कोभिडका कारण असहज परिस्थिति सिर्जना भएको भन्दै बिभागले पुस मशान्तसम्म कायम गरेको हो । यो निर्णयले कोभिडको परिस्थितिबाट उत्पन्न असहज अवस्थाको सामना गरेका करादातालाई केही सहज हुने विभागको भनाई छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us