Banking News

test

ऋणपत्र निष्कासन गर्दै ५ वाणिज्य बैंक

काठमाडौं । पाँच ओटा वाणिज्य बैंकले ९ अर्ब ६० करोडको ऋणपत्र (वण्ड) निष्कासन गर्ने भएका छन् । ऋणपत्र निष्कासन गर्न बैंकहरूले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र बैंक अफ काठमाण्ड ले ९ अर्ब ६० करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन ।

 

नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको न्युनतम २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बैंकहरूले बोर्डमा आवेदन दिएका हुन । रकमका आधारमा सानिमा बैंकले सबैभन्दा बढी ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

१० वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १०.२५ प्रतिशत रहने छ । ऋणपत्रको अवधि २०८६ सालसम्म छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । एनसीसीले १० वर्षका लागि ल्याएको ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कास गर्न लागेको छ । ७ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत छ । ऋणमा उल्लेख गरेको ब्याज अन्य बैंकको भन्दा सिद्धार्थ बैंकका कम छ । ब्याज कम भएका कारणले सिद्धार्थ बैंकको ऋणपत्र कममात्रै बिक्ने सम्भावना बढेको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यपिटल लिमिटेड रहेको छ ।

 

यस्तै बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंक अफ काठमाण्डूले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । बैंक अफ काठमाण्डूले निष्कासन गर्न लागेको ऋणपत्रको ब्याज १०.२५ प्रतिशत रहेको छ भने एभरेष्ट बैंकले पनि १०.२५ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ । एभरेष्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । ७ वर्षका लागि निष्कासन गर्न लागेको हो ।

लगानीयोग्य पुँजी जुटाउन बैंकहरूले ऋणपत्र निष्कासन गर्न लागेका हुन । ऋणपत्रबाट संकलन भएको न्यूनतम ८० प्रतिशत रकम बैंकहरूले कर्जा प्रवाह गर्न सक्छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us