सानिमा बैङ्कको नयाँ शाखा रुपन्देहीको भलवारीमा
काठमाडौं – सानिमा बैंक लिमिटेडले रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गर्नुभयो ।कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ । जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहक महानुभावहरु लाई कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्नेछ ।सानिमा बैंकले ८० वटा शाखा, ८० वटा ए.टि.एम. तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
