Banking News

test

बैंकहरुको वितरणयोग्य नाफामा झण्डै ४१ प्रतिशतले कमी, यस्तो छ कारण !

काठमाडौं-
बाणिज्य बैंकहरुको नाफामा कोरोनाका कारण धक्का लागेको छ ।बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकाँसको नाफा घटेको छ । व्याज उठ्न नसक्दा बैंकहरुको नाफामा गिरावट आएको हो । सबै बैंकहरुको विवरणलाई आधार मान्ने हो भने गत बर्षको भन्दा यो बर्षको नाफा १२ प्रतिशत कमी हो ।

लकडाउनका कारण व्याज उठ्न नसकेपनि निक्षेप संकलन भने राम्रै देखिएको छ । वितरणयोग्य नाफामा भने गत आवको भन्दा करिब ४१ प्रतिशत कमी आएको छ । प्राइम कमर्शीयल र एनएमबी बैंकको भने वितरण योग्य नाफा घटेको छैन । अरु सबै बैंकहरुको वितरणयोग्य नाफा घटेको छ । नेपालमा हाल २७ वटा वाणिज्य बैंकहरु रहेका छन् ।

केही बैंकहरुले भने थोरै भएपनि नाफा बढाएका छन् । नाफामा अब्बल मानिएका राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नविल बैंकको पनि नाफा घटेको छ । सबै बैंकहरुको कुल ५४ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो बर्ष ६१ अर्ब ८४ करोड रुपैयाँ नाफा थियो । नाफा आर्जनमा राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा अगाडि छ । उसको नाफा करिव ४ अर्ब ४५ करोड छ । दोस्रोमा नविल र तेस्रोमा कृषि विकास बैंक रहेको छ भने चौथोमा एनआइशी एसीया बैंक रहेको छ ।

३ अर्ब भन्दा बढी नाफा कमाउनेमा ग्लोवल आइएमई बैंक पनि छ । ग्लोवल आइएमई बैंक जनतासँग गाभिएका आधारबाट हेर्दा २ वटा वाणिज्य बैंकको नाफा हुन आउँछ । ३ अर्ब बढी नाफा कमाउने बैंकहरुमा चारवटा मात्रै छन् । अन्य सातवटा बैंकहरुले २ अर्ब बढी नाफा कमाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शीयल बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकको नाफा २ अर्ब माथि छ । सिभल बैंकको नाफा सबैभन्दा कम देखिएको छ भने सेन्चुरी बैंकको नाफा पनि एक अर्ब भन्दा कम छ । बैंकहरुको उठ्नुपर्ने व्याज रकम नउठ्दा नाफामा धक्का लागेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us