भदौ १ बाट लामो दूरीको यातायात र हवाई सेवा सञ्चालन हुन सक्ने !
काठमाडौं-
सरकारका प्रवक्ता अर्थ तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम बढेको भन्दै लामो दूरीको यातायात र हवाई सेवाबारे फेरि समीक्षा हुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘यो विषयमा सीसीएमसीको बैठक बसेर समीक्षा हुन्छ। त्यसले गरेको निर्णयका आधारमा मनित्रपरिषदले आवश्यक निर्णय लिन्छ।’
सरकारले यसअघि नै भदौ १ गतेबाट लामो दूरीको यातायात तथा घरेलु तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने घोषणा गरे पनि कोरोना महामारीको जोखिम बढेसँगै ती सेवाहरु सञ्चालन नगर्ने संकेत देखिएको हो ।
मन्त्री खतिवडाले कोरोना महामारीको जोखिम बढे पनि देशभर लागू हुने गरी लकडाउन गर्ने कुनै सोच नरहेको बताएका छन्। उनले अब फेरि चैत ११ मा गरिएको जस्तो लकडाउन हुन्छकी भनेर त्रसित हुनुनपर्ने बताए। उनले जोखिम हेरेर स्थानीय सरकारले भने आफ्नो क्षेत्रमा लकडाउन लागू गर्न सक्ने बताए। उनले अहिले पनि केही जिल्लामा लकडाउन रहेको जानकारी दिए। उनले विद्यालयहरु भने तत्कालन खोल्न सकिने अवस्था नआएको बताए।
