विदेशबाट नेपाल इन्भेष्टमेण्ट बैंकमा अनलाइनबाटै रकम पठाउन सकिने
काठमाडौं – विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंक र WireBarley बीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकबाट सिधै रकम पठाउन सक्ने छन् । आफ्नो खाता प्रयोग गरी WireBarley को Mobile App अथवा online portal प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । WireBarley को Mobile App Google Playstore / Appstore बाट download गरि आफ्नो mobile df install गर्न सकिन्छ ।
Wirebarley मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले जनाएको छ । Wirebarley मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र Wirebarley बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ।
यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरुसँग सम्झौता गरि कारोवार गर्दै आएको छ । नेपाल इन्भेष्मेण्ट बैंक लि.ले भारतमा Axis Bank , अमेरिकामा Paypal (XOOM), साउदी अरेबियामा Bank Albilad (Enjaz), Alrajhi Bank, यू.ए.इ मा SAMBA Group, कतारमा Wallstreet Exchange,City Exchange, Gulf Exchange, दक्षिण कोरियामा E9Pay Remittance र यूरोप तथा अन्य मुलुकवाट सेवा दिन Transfast Remittance सँग सहकार्य गर्दै आएको छ ।
