Banking News

test

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएशन बीच व्यवसायिक सम्झौता

काठमाडौँ – माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशन बीच एसोसिएशन सँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएशन बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बारका महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौता पछि नेपाल बार एसोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् । सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कषक योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्ट संघ, नेपाल अडिटर्स एसोसिएशन लगायतका संस्था सँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरु लाई विशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us