दिब्यश्वरी हाइड्रोपावर नोक्सानीमा
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४ करोड ३४ लाख नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवको सोही अवधिमा पनि कम्पनीले रू. ३ करोड ३३ लाख नोक्सानी ब्यहोरेको थियो । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नोक्सानी बढेको हो । गत आवको चौथो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी १० प्रतिशत घटेको छ ।
अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले विद्युत् विक्री बापत रू.८ करोड ६४ लाख आम्दानी गरेकोमा गत आवको सोही अवधिमा रू. ७ करोड ७३ लाखमा सिमित भएको हो । कम्पनीले नोक्सानी ब्यहोरेकाले प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४६ ऋणात्मक रहेको छ । मूल्य आम्दानी अनुपात रू. (२ दशमलव ९५) र प्रतिशेयर नेटवर्थ रू. ३३ दशमलव ७० छ । कम्पनीको शेयर मूल्य दोस्रो बजारमा प्रतिकत्ता रू. ५३ मा कारोबार भइरहेको छ ।
