Economy News

test

धितोपत्र बोर्डमा एक वर्षमा ९९ कम्पनीहरुको बोनस सेयर थप

सुरेश राउत

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एक आर्थिक वर्षमा ३३ अर्ब ६७ करोड ८९ लाख ४३ हजार नौ सय १६ रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार २०७६ साउन ७ गतेदेखि २०७७ असार ३१ गतेसम्ममा विभिन्न क्षेत्रका ९९ वटा कम्पनीहरुको ३४ करोड ६४ लाख १७ हजार सात सय ८३ दशमलव ६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

पछिल्लोपटक अर्थात् यही असार ३१ गते डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ करोड २० लाख २३ हजार एक सय ३३ रुपैयाँबराबरको २३ लाख २० हजार दुई सय ३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी साना किसान लघुुवित्त वित्तीय संस्थाको पनि २१ करोड ४१ लाख ९४ हजार चार सय १४ रुपैयाँबराबरको २१ लाख ४१ हजार नौ सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

 

नेपाल बैंकको पनि एक अर्ब ४७ करोड १६ लाख ७२ हजार दुुई सय रुपैयाँबराबरको एक करोड ४७ लाख १६ हजार सात सय २२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सिन्धुु विकास बैंकको पनि पाँच करोड ७४ लाख २८ हजार छ सय रुपैयाँबराबरको पाँच लाख ७४ हजार दुई सय ८६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी पछिल्लो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एक अर्ब ३७ करोड ९२ लाख पाँच हजार चार सय रुपैयाँबराबरको एक करोड ३७ लाख ९२ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । धितोपत्र बोर्डका अनुसार पछिल्लो समयमा सिर्जना फाइनान्सको पनि ११ करोड पाँच लाख ८७ हजार छ सय ८० रुपैयाँबराबरको ११ लाख पाँच हजार आठ सय ७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने एनएमबी बैंकको दुुई अर्ब ४२ करोड १२ लाख ४५ हजार सात सय ४९ रुपैयाँबराबरको दुुई करोड ४२ लाख १२ हजार चार सय ५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

 

प्राइम कमर्सियल बैंकको पनि पछिल्लो समयमा एक अर्ब ५४ करोड ९८ लाख ९६ हजार दुुई सय ७२ रुपैयाँबराबरको एक करोड ५४ लाख ९८ हजार नौ सय ७२ कित्ता सेयर सूचीकृत हुुँदा लुुम्बिनी विकास बैंकको पनि १२ करोड ९३ लाख ४८ हजार एक सय ७८ रुपैयाँबराबरको १२ लाख ९३ हजार चार सय ८१ दशमलव ७८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी पछिल्लो समय नेपाल एग्रो लघुुवित्त वित्तीय संथाको पनि ७४ लाख ६६ हजार छ सय ७० रुपैयाँबराबरको ७४ हजार छ सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी जानकी फाइनान्सको १० करोड ८२ लाख ७० हजार आठ सय ६६ रुपैयाँबराबरको १० लाख ८२ हजार सात सय आठ दशमलव ६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल एसबीआई बैंकको पनि ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँबराबरको ५० लाख ६९ हजार पाँच सय ५० दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

 

फर्ष्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको १७ प्रतिशतको अनुपातमा ११ करोड ६३ लाख ४६ हजार नौ सय ४६ रुपैयाँबराबरको ११ लाख ६३ हजार हजार चार सय ६९ दशमलव ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी छिमेक लघुुवित्त वित्तीय संस्थाको १८ प्रतिशतको अनुुपातमा १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । यही पुुस १० गते नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि दुुई दशमलव ५० प्रतिशतको अनुुपातमा सात करोड ५१ लाख ८६ हजार १३ रुपैयाँबराबरको सात लाख ५१ हजार आठ सय ६० दशमलव १३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

क्षेत्रीयस्तरको पूर्णिमा विकास बैंकको पाँच प्रतिशतको अनुपातमा दुुई करोड ६२ लाख ५१ हजार छ सय रुपैयाँबराबरको दुुई लाख ६२ हजार पाँच सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नागबेली लघुुवित्त वित्तीय संस्थाको पनि नौ दशमलव ३८ प्रतिशतको अनुुपातमा एक करोड ४३ लाख आठ हजार रुपैैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । दाहालका अनुुसार देव विकास बैंकको भने यस अवधिमा पाँच दशमलव ५० प्रतिशतको अनुुपातमा १३ करोड ९३ लाख ५२ हजार चार सय १९ रुपैयाँ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पनि चालू आवको पछिल्लो अवधिमा १२ प्रतिशतको अनुुपातमा १३ करोड ६८ लाख २८ हजार रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीको पनि पछिल्लो अवधिमा ८४ प्रतिशतको दरमा ४९ करोड पाँच लाख ६० हजार रुपैैयाँ बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि यस अवधिमा २५ प्रतिशतको अनुपातमा एक अर्ब नौ करोड ९२ लाख ३२ हजार एक सय ६२ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार वाणिज्य बैंकतर्फ भने सेञ्चुरी कमर्सियल बैंकको दुुई प्रतिशतको अनुपात १६ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

 

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि ४० दशमलव ५० प्रतिशतको अनुुपातमा दुई करोड २२ लाख ७५ हजार रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । राधी जलविद्युुत् कम्पनीको पनि दुुई करोड २५ लाख ५२ हजार पाँच सय रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भने चालू आवको पछिल्लो अवधिमा १३ करोड ४० लाख ८१ हजार छ सय ५० रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ करोड २९ लाख ३१ हजार, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको चार करोड ८६ लाख, रिलायन्स फाइनान्सको आठ करोड ९१ लाख ८७ हजार चार सय ३५, लुम्बिनी विकास बैंकको ३७ करोड ७१ लाख ९७ हजार दुुई सय ३६, अपी पावर लिमिटेडको पाँच करोड ६७ लाख, प्राइम कमर्सियल बैंकको एक अर्ब २८ करोड ५३ लाख २७ हजार आठ सय रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेको इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीहरुको पनि बोनस सेयर सूचीकृत भएका छन् । (आर्थिक दैनिकबाट)

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us