Economy News

test

विम्स्टेकको विदेश सचिवस्तरीय बैठक सेप्टेम्बरमा

काठमाडौं बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का दुईवटा नियमित बैठकहरु कोरोना महामारीका कारण भर्चुअल हुने भएका छन्। श्रीलंकाको कोलम्बोमा हुने तय भएका विम्स्टेक सिरियर अफिसियल स्तरीय बैठक र परमानेन्ट वर्किंग कमिटीको बैठक भर्चुअल गर्ने तयारी भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ। 

परराष्ट्र स्रोतका अनुसार यही अगस्ट ३१ र सेप्टेम्बर १ मा परमानेन्ट वर्किंग कमिटीको बैठक हुने भएको हो। सो बैठकमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलका लागि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पनि प्रस्ताव पारित गरिसकेको परराष्ट्र स्रोतले जनायो।यो बैठकपछि सिनियर अफिसियल स्तरीय बैठक हुनेछ। सेप्टेम्बर २ र ३ मा हुने सो बैठक विदेश सचिवस्तरीय हुनेछ।

नेपाल, भारत, श्रीलंका, वंगलादेश, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य रहेको यो क्षेत्रीय संगठनको मुख्य उद्देश्य यो क्षेत्रमा प्रविधिको आपसी सहयोग पुर्याउनु हो। निकट भविष्यमा हुन लागेका बैठकहरुले संगठनको वार्षिक कार्यक्रम तय गर्ने परराष्ट्र स्रोतले जनायो।

विम्स्टेकको पछिल्लो शिखर सम्मेलन काठमाडौंमा भएको थियो। आगामी शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा हुने तय छ। तर, मिति भने तोकिसकिएको छैन। विम्स्टेकमा मुख्यतया भारतको दबदबा छ। पाकिस्तान र भारतको आपसी दुश्मनीका कारण भारतले अर्को क्षेत्रीय संगठन सार्कको विकल्पका रुपमा विम्स्टेकलाई उपयोग गर्ने रणनीति लिएको छ। त्यसैले पछिल्लो वर्षहरुमा सार्क ओझेलमा पर्दै आएको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us