बैंक तथा वित्तीय संस्थाका सिमित शाखाबाट सेवा
काठमाडौं-
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका सिमित शाखाबाट सेवा उपलब्ध हुने भएको छ । बैंकहरुलाई निषेधाज्ञामा शाखा संचालन गर्न कुनै पासको जरुरी नपर्ने भएको छ । बैंकहरुले अत्याबश्यक सेवा अन्तरगत केही सिमित शाखाबाट सेवा सुचारु गर्ने छन् । सिमित शाखामा सिमित कर्मचारी परिचालन गरेर बैंकले सेवा सूचारु गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ शाखाहरु कम रुपमा संचालन गरेर सेवा संचालन गर्न बैंकर्स संघले पनि सबै बैंकहरुलाई अनुरोध गरेको छ । काठमाडौं भक्तपुर र ललीतपुर गरी तीन जिल्लाको रुपमा रहेको उपत्यकामा तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा अन्य अत्याबश्यक हिडडुलका लागि कुनै पनि पास जारी नगर्ने भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार मध्यरातीबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।यस अवधिमा अत्यावश्यक सेवाले आआफ्नै परिचय पत्रका आधारबाट आवतजावत गर्न पाउने छन् भने यातायातका लागि अन्य कुनै पास उपलव्ध हुने छैन । अत्याबश्यक बस्तुको आपूर्तिमा कृत्रिम अभाव नहोस भनेर त्यस्तो गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गर्ने जनाइएको छ
