प्रभु बैंकको जोरपाटी शाखाबाट राजश्व संकलन शुचारु
काठमाडौ – प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व कार्यालय जोरपाटी, काठमाण्डौंको राजश्व संकलनको सम्पुर्ण कारोवार प्रभु बैंकको जोरपाटी शाखाबाट सुरु गरेको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकाय सँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले आन्तरीक राजश्व कार्यालय जोरपाटीको पनि राजश्व संकलन गरेर आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकबाट प्रवाह गरिने बैंकिङ्ग सेवा बाट स्थानीयबासी तथा सेवा ग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गरी लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।प्रभु बैंकले २०८ वटा शाखाकार्यालय, १७३ वटा ATM,५२ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
