Banking News

test

बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौँ अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली ०७७ मा यो नयाँ व्यवस्था ल्याएको हो यसअघि एउटा बैंकका सबै शाखाबाट विदेशी मुद्राको कारोबार अनिवार्य थिएन

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्रा बिक्री, सटही नगरे पनि खरिद भने गर्नुपर्नेछ नागरिकसँग रहेको विदेशी मुद्रा बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिएशाखाले विदेशी मुद्राका अरू कारोबार नगर्न पनि सक्छन् तर ग्राहकले ल्याएको विदेशी मुद्रा भने अनिवार्य रूपमा किन्नुपर्नेछ,’ उनल भने नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी विनिमय कारोबारका लागि छुट्टाछुट्टै लाइसेन्स लिनु नपर्ने भएको बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था थियो यही कारण बैंकका सीमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए यो व्यवस्थाले बैंकहरूलाई हरेक शाखाका लागि लाइसेन्स लिनुपर्ने झन्झट हटेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताएहामीले वर्षौंदेखि उठाएको माग हो,’ उनले भने, ‘यसले बैंकहरूलाई राहत नै हुनेछ

स्तै डिपार्टमेन्टल स्टोर/सुपरमार्केट, एयरलाइन्स तीनतारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानका लागि एक लाख रुपैयाँ मुनाफा आर्जन गर्ने उद्देश्य भएका अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र लिनुपर्नेछइजाजतपत्रलाई प्रतिकारोबार स्थानका लागि ५० हजार रुपैयाँ बराबरको कम्तीमा चार वर्ष अवधिको बैंक जमानत पेस गर्नुपर्नेछ,’ विनियमावलीमा उल्लेख तर सरकारी निकाय, सरकारी विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठान तथा मुनाफा आर्जन गर्ने उद्देश्य नभएका सामाजिक संघसंस्थाले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न यस्तो जमानत पेस गर्नुपर्ने छैन

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us