सिटिजन्स बैंकको अगुवाईमा पिलुवा खोला जलविद्युत आयोजनामा ३ बैंकको लगानी
काठमाडौं – रिभर फल्स् पावर लि. द्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनल लि। को अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लि र प्रभु बैंक लि. सहभागी सहवित्तियकरण मार्फतलगानी जुटाइएको छ ।
परियोजनाको अनुमानित लागत करीब रु १ अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा रु १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु ४२ करोड र प्रभु बैंकबाट रु २५ करोड लगानी हुनेछ भने ३०% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । कम्पनीले यस आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाउनु भयो र सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गर्नुभयो । कम्पनीको तर्फ बाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराउनु भयो र परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
