सानिमा बैंकको क्युआर कोड योजना
काठमाण्डौ । इन्द्रजात्राको अवसर पारेर सानिमा बैंकले ‘इन्द्रजात्रा क्युआर कोडको यात्रा’ नामक योजना ल्याएको छ । बैंकले संस्थागत व्यावसायिक खाताबाहकले काठमाडौं उपत्यकाको इन्द्रजात्राका दिन डिजिटल भुक्तानीको माध्यम क्युआर कोडका लागि आवेदन दिँदा मोबाइलमा ५ सय रुपैयाँ टपअप गरिदिने योजना ल्याएको हो ।
योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाताबाहकले घरैबाट रजिस्ट्रेसन गर्न सक्ने जनाइएको छ । क्युआर कोड प्राप्त गरेपछि बैंकको तर्फबाट ५ सय रुपैयाँको मोबाइल टपअप प्राप्त गर्ने जनाइएको छ । योजना भाद्र १६ गते इन्द्रजात्राका दिन काठमाडौं उपत्यकाका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।
