Economy News

test

फेवाबजारको आकर्षक योजना, शिक्षक र विद्यार्थीलाई क्रेडिट सुविधा

पोखरा –  ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट अफर ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाखसम्मको क्रेडिट दिने भएको हो ।कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले माछापुच्छ्रे बैंक, प्रभु बैंक र सनराईज बैंक सँगको सहकार्यमा क्रेडिट सुविधा दिने फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । उनका अनुसार क्रेडिट सुविधा शून्य डाउन पेमेन्टमा बिना धितो शून्य ब्याजदरमा सामान उपलब्ध गराइनेछ । फेवाबजारले शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमा समेत सामान उपलब्ध गराउने जनाएको छ । क्रेडिट सुविधाबाहेक शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराइने निर्देशक आचार्यले बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड–१९ का कारण देशको राजधानी काठमाडौंसहित विभिन्न जिल्ला तथा क्षेत्रहरुमा निषेधाज्ञा, शिललगायतका बाबजुदपनि फेवाबजारले होम डेलिभरी सेवालाई जारी राखेको जनाएको छ ।

आफूहरुले उपभोक्ताले अर्डर गरेका अत्यावश्यक सामग्रीहरु घर÷घरमै पु¥याइरहेको कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत ११ वटा आउटलेटहरुबाट देशैभर चौविसै घण्टा निरन्तर सेवा दिइरहेको बताए । फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए । यसअघी फेवाबजारले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिदै आएको थियो ।

त्यस्तै फेवाबजारले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म विभिन्न अफर दिदै आएको थियो । फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ । फेवाबजारमा किस्ताबन्दी ईएमआई मार्फत २० हजारदेखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ । फेवाबजार डटकम ईकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us