Banking News

test

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौं ज्योति विकास बैंक लिमिटेड राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर यही साउन नौ गते डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँग न्यानो नानी बेबी वार्मरसम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरेबमोजिम सोमबार श्रावण २६ गतेका दिन दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरेको उक्त सम्झौताबमोजिम बैंकले १० वटा न्यानो नानी बेबी वार्मर बनाउनको लागि आवश्यक आठ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ भने ती उपकरणहरू दुवै संस्थाहरूको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई प्रदान गरिनेछ

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबी वार्मरले देशको विभिन्न स्थानहरूमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पु-याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको

हाल बैंकले सबै क्षेत्रमा गरी एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us